ओटीटीमा रिलिज हुँदैछ अक्षय कुमारको फ्लप फिल्म

बक्स अफिसमा कमजोर व्यापार गरेको ‘कन्नप्पा’ अब ४ सेप्टेम्बरदेखि अमेजन प्राइममा उपलब्ध हुँदैछ ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Akshay Kumar's flop film is releasing on OTT

काठमाडौँ — विष्णु मांचू र अक्षय कुमार स्टारर ‘कन्नप्पा’ हेर्नुभयो ? यो फिल्मले हलहरूमा खासै दर्शक पाएन । अब यो फील्म ओटीटीमा रिलिज हुने भएको छ ।

मुकेश कुमार सिंह निर्देशित यो फिल्म करिब २ महिनाअघि हलहरूमा रिलिज भएको थियो ।

फिल्मले दर्शक र समीक्षकबाट खासै राम्रो समीक्षा पाएन ।विष्णु मांचूले फिल्ममा कन्नप्पा र अक्षय कुमारले शिवको चरित्रमा छन् ।

फिल्ममा मोहनलाल, प्रभास, काजल अग्रवाल, मोहन बाबू र शरत कुमार जस्ता कलाकारहरूले पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । विष्णु मांचूका बा जो तेलुगु सिनेमाका दिग्गज अभिनेता समेत हुन् ।

निर्माता मोहन बाबूले फिल्मको निर्माण गरेका हुन् । ‘कन्नप्पा’ ४ सेप्टेम्बर २०२५बाट अमेजन प्राइम भिडियोमा उपलब्ध हुनेछ । 

२७ जून २०२५ मा ‘कन्नप्पा’ विश्वभर रिलिज गरिएको थियो। फिल्मले पहिलो दिन ९.३५ करोड रुपैयाँको कमाइ गरेको थियो। त्यसपछि फिल्मको कमाइ लगातार घट्दै गयो ।

फिल्मले भारतमा मात्र ३१.९३ करोड रुपैयाँ कलेक्शन गरेको थियो । विश्वव्यापी रूपमा फिल्मले ४१.७५ करोड रुपैयाँ कमाएको थियो ।

यो फिल्म लगभग २०० करोड रुपियाँको बजेटमा बनेको थियो ।

कान्तिपुर

Link copied successfully