'हर्ष'को पोस्टरमा खगेन्द्र र वर्षा

निर्देशक एकता पौडेलको लेखनमा बनेको 'हर्ष'मा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्तलगायतको अभिनय छ । मंसिर १२ मा प्रदर्शन हुँदैछ ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Khagendra and Varsha in the poster of 'Harsh'

काठमाडौँ — एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म 'हर्ष'को पोस्टर सार्वजनिक भएको छ । हालै निर्माण पक्षले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन् । 

दुई पोस्टरमै अभिनेता खगेन्द्र लामिछाने केन्द्रमा देखिन्छन् । अभिनेत्री वर्षा राउतदेखि सन्तोष पन्तलगायतका कलाकारको समूह दुई पोस्टरमा देखिन्छन् । यो फिल्म मंसिर १२ मा प्रदर्शनमा आउँदैछ । 

'न्यूयोर्क फिल्म एकेडेमी'बाट फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी एकताले यसअघि केही लघु फिल्म बनाएकी थिइन् । 'हर्ष'को छायांकन चितवनमा नै गरिएको हो । यो फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाले खिचेको फिल्ममा समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

कान्तिपुर

Link copied successfully