आजकल केमा व्यस्त छन् महेश बाबु ?

महेश बाबुको व्यस्तताको कारण छोराको जन्मदिनमा सामेल हुन नसकी सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै शुभकामना दिए।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

What is Mahesh Babu busy with these days?

काठमाडौँ — साउथ सुपरस्टार महेश बाबुको फ्यान भारतमा मात्र हैन, नेपालमा पनि प्रशस्तै छन् । दर्शकहरू उनको फिल्मको प्रतीक्षा गरिरहेका हुन्छन् ।

महेशको नयाँ प्रोजेक्टबारे प्रशंसक तथा शुभचिन्तकहरू चासो लिने गर्छन् । महेश अहिले ‘एसएसएमबी २९’को सुटिङमा व्यस्त छन् ।

व्यस्तता यतिसम्म थियो कि महेश आफ्नो छोराको जन्मदिनमा समेत पुग्न पाएनन् ।

सामाजिक सञ्जालमार्फत महेशले छोरालाई जन्मदिनको शुभकामना दिँदै भावुक स्टाटस लेखे, ‘...हरेक वर्ष तिमी मलाई अझ बढी आश्चर्यचकित बनाउँछौ । यस वर्ष तिम्रो जन्मदिन मिस गरिरहेको छु । यो नै पहिलो जन्मदिन हो जुन मैले कहिल्यै मिस गरेको थिइनँ। मेरो माया सधैं तिमी सँग हुनेछ । तिमी जे गर्छौ, म सधैं तिम्रो सबैभन्दा ठूलो समर्थनकर्ता हुनेछु । चम्किरह, अगाडि बढिरह ।’

प्रसिद्ध भारतीय निर्देशक एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९’को सुटिङका लागि महेश अफ्रिकाको टान्जानिया पुगेका छन् ।

अहिले फिल्मको एक्सन सिनहरू सुट भइरहेका छन्। 

कान्तिपुर

Link copied successfully