दिपेन्द्र के. खनाल निर्देशित फिल्म असोज १३ देखि प्रदर्शनमा आउँदैछ, निर्माण पक्षले आशिष अविरल र मेलिना राईको स्वरमा 'ढाका टोपी शिरैमा' बोलको गीत सार्वजनिक गरेको हो ।
काठमाडौँ — फिल्म 'हरिबहादुरको जुत्ता'को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आशिष अविरल र मेलिना राईको स्वरमा 'ढाका टोपी शिरैमा' बोलको गीत सार्वजनिक गरेको हो।
गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत छ। गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी छ । भिडियोमा फिल्मका प्रमुख कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का देखिएका छन् ।
कृष्णबहादुर थापाले खिचेको गीतको भिडियोलाई नहकुल खड्काले सम्पदान गरेका हुन् । यस अगाडि निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा 'बेला बितेसी' बोलको गीत सार्वजनिक गरेका थिए ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश, स्वस्तिमा र प्रकाशसहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको अभिनय छ । दसैंको फूलपाती (असोज १३) देखि प्रदर्शनमा आउने यो फिल्मलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत छ ।
