कौसी थिएटरमा ‘काली पार’

त्रिरत्नपुर राज्यको कहिल्यै नहारिएको युद्धको कथा समेटिएको यो नाटक २० जना कलाकारको प्रस्तुतिमा असोज ४ सम्म मञ्चन हुनेछ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

'Kali Paar' at Kausi Theatre.

काठमाडौँ — टेकुस्थित कौसी थिएटरमा नाटक 'काली पार' मञ्चनमा आएको छ । रंगकर्मी मुक्तिको लेखनमा तयार भएको यो नाटकलाई मुक्ति र प्रवीण पौडेलले मिलेर निर्देशन गरेका हुन् । 

पत्र–मञ्जुषाको प्रस्तुतिमा तयार यो नाटकमा भदौ १२ देखि मञ्चनमा आएको हो । पन्धौं शताब्दीतिरको कथा समावेश यो नाटक असोज ४ सम्म मञ्चन हुनेछ ।

मुक्तिले यसअघि 'काँचो धागो' लेखेका थिए । त्रिरत्नपुर राज्यले कसरी कहिल्यै युद्धमा हारेनन् ? युद्धका समयका कठिन अवस्था यो नाटकमा समेटिएको छ । 

नाटकमा मुक्ति, शरद, ऋषिकेश बस्याल, नसागर दाहाल, आयुष्मा मगर, निरज पन्थी, आशिष काफ्ले, दिलराज राईलगायत २० कलाकारको अभिनय छ ।  

कान्तिपुर

Link copied successfully