शाहरुखको अधुरो प्रोजेक्टमा काम गर्दै प्रियंका

शाहरुख खान 'किंग' फिल्ममा लागिपरेका बेला, प्रियंका चोपड़ा 'एसएसएमबी २९' को सुटिङमा व्यस्त छन्। शाहरुखको एउटा अधुरो प्रोजेक्टको कथामा प्रियंका काम गरिरहेकी छन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Priyanka working on Shahrukh's unfinished project

काठमाडौँ — शाहरुख खान र प्रियंका चोपड़ा एक समय पर्दामा रुचाइएका जोडी मध्येका एक हुन् । यतिबेला यी दुवै आ–आफ्नम प्रोजेक्टमा व्यस्त छन् ।

शाहरुख नयाँ फिल्म ‘किंग’मा काम गर्दैछन् । प्रियंका चोपड़ा पनि छिट्टै बलिउड फिल्ममा कमब्याक गर्दैछिन् । अहिले उनी ‘एसएसएमबी २९’ नामक फिल्मको सुटिङमा व्यस्त छिन् । फिल्मलाई ‘बाहुबली’ निर्देशक एस.एस. राजामौलीको निर्देशन गर्दैछन् । 

यसबीच प्रियंका चोपड़ा शाहरुख खानले गर्ने भनिएको प्रोजेक्टमा पनि काम गर्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । प्रियंकाले आफ्नो प्रोडक्सन हाउस ‘पर्पल पेबल पिक्चर्स’को ब्यानरमा एउटा नयाँ प्रोजेक्ट सुरु गरेकी छन् । यो एक इन्डियन–स्विडिश प्रोजेक्ट हो। उनी कार्यकारी निर्माताको रूपमा ‘द साइकिल अफ लभ’ नामक एक डक्युमेन्ट्रीमा संलग्न भएकी छिन् ।

यो प्रोजेक्ट शाहरुख खानका कारण चर्चामा आएको थियो । यस डक्युमेन्ट्रीको कथा पहिलेदेखि नै बन्द अवस्थामा रहेको बलिउड फिल्म ‘इजहार’सँग मिल्दोजुल्दो छ । सन् २०१३मा निर्देशक सञ्जय लीला भन्सालीले यो कथामा आधारित फिल्म बनाउने योजना बनाएका थिए । जसमा शाहरुखले भारतीय कलाकारपीके महानन्दिया को भूमिका निर्वाह गर्ने तयारी थियो । 

पीके महानंदिया एक भारतीय सडक चित्रकार थिए ।  जसले केवल थोरै पेन्ट ब्रश र पुरानो साइकलको सहारामा प्रेमिका भेट्नका लागि एशिया हुँदै युरोपसम्म ६ हजार माइल साइकल यात्रा गरेका थिए ।

सञ्जय लीला भन्सालीले यस फिल्ममा शाहरुखसँग सहकार्य गरेका थिए । तर पछि यो प्रोजेक्ट बन्द भयो । बन्द हुनुको कारण अझैसम्म खुलेको छैन ।

कान्तिपुर

Link copied successfully