'माइतीघर'को शीर्ष गीत बजारमा

आशा भोस्लेको स्वर रहेको पुरानो गीतमा सञ्जीवनीको नयाँ स्वर मिसाइएको छ, जसको निर्माण रोहित अधिकारीले गरेका हुन्।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

'Maitighar' top song in the market

काठमाडौँ — रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म 'माइतीघर'को शीर्ष गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जीवनीको स्वर छ । 'वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर' बोलको यो गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ ।

गीतको ओरिजिनल भर्सनमा भने गायिका आशा भोस्लेको स्वर समावेश छ । 

निर्माता रोहित अधिकारीले 'माइतीघर' नामक पुरानो गीतमा सञ्जिवनीको स्वर मिसाउँदै सार्वजनिक गरेको हो  । गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा देखिन्छन् ।  दशैंको फूलपातीबाट प्रदर्शनमा यो फिल्ममा मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन छ । सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्मलाई

मिलन तामाङले निर्देशन गरेका हुन् ।  फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बम्जन, संगीता थापा लगायतको अभिनय छ । फिल्ममा चन्द्रकुमार दोङको कथा छ । 

कान्तिपुर

Link copied successfully