फिल्ममा नाजिरसँगै सञ्चिता, सुशील, राजकुमार, शिशिर, अनुपम र विशालको भूमिका छ।
काठमाडौँ — फिल्म 'गुन्योचोलो : द ड्रेस' आजबाट प्रदर्शनमा आएको छ । नाजिर हुसेनको पारलैङ्गिक महिला भूमिकाका कारण बन्ने घोषणा भएदेखि यो फिल्म प्रतिक्षित छ ।
फिल्ममा नाजिरसँगै अन्य कलाकारहरु सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको भूमिका छ ।
फिल्मको सम्पादन, रंग संयोजन, मिक्सिङ, साउन्ड डिजाइनदेखि पार्श्व ध्वनीसम्मको काम विदेशमा गरिएको हो । आलोक शुक्लाले खिचेको यो फिल्ममा लेखु सहयात्रीको गीत रचना छ ।
