टिजरमा हरिबहादुरको ठग अवतार !

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश, स्वस्तिमा, प्रकाश सपुत र अन्य कलाकारहरूको अभिनय देख्न पाइनेछ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Hari Bahadur's thug avatar in the teaser!

काठमाडौँ — आगामी फूलपाति(असोज १३)देखि प्रदर्शनमा आउने फिल्म 'हरिबहादुरको जुत्ता'को टिजर सार्वजनिक भएको छ । टिजरमा हरिवंश आचार्यको निकै रुचाइएको चरित्र 'हरिबहादुर'को उही पुरानै चोर र ठग परिचय समेटिएको छ । 

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा हरिवंशसँगै अन्य कलाकारहरु स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाल लगायतको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले मिलेर निर्माण गरेका हुन् । कृष्णबहादुर थापाले खिचेको यो फिल्ममा नकुल खड्काको सम्पदान, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ । यो फिल्मसँगै दशैंको अवसरमा अन्य नेपाली फिल्म पनि एकसाथ प्रदर्शनमा आउँदैछ । 

कान्तिपुर

Link copied successfully