आजदेखि 'कोशेढुङ्गा', भोलि 'गुन्योचोलो'

नाजिर हुसेन अभिनीत 'गुन्योचोलो : द ड्रेस' भोलिदेखि प्रदर्शन हुँदैछ, जहाँ उनी पारलैङ्गिक महिलाको भूमिकामा देखिनेछन्।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

From today 'Koshedhunga', tomorrow 'Gunyocholo'

काठमाडौँ — सरोज पौडेलको निर्देशनमा बनेको फिल्म 'कोशेढुङ्गा' आजदेखि प्रदर्शनमा आएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा र आर्यन सिग्देलको अभियन छ । 

निर्देशक पौडेलले यसअघि 'पूर्गबहादुर सारङ्गी' निर्देशन गरेका थिए । 'कोशेढुङ्गा'मा भने बिहेपछि एक महिलाले आफ्नो गाउँ/ठाउँ फर्कन गरिएको यात्राको कथा छ । ग्रामीण भेगको कथा समावेश यो फिल्मले अस्तित्त्व, संघर्ष अनि परिवर्तनलगायतका विभिन्न विषय समेट्छ ।  

भोलि(भदौ १३) देखि भने अभिनेता नाजिर हुसेनको फरक अवतार भएको फिल्म प्रदर्शनमा आउँदैछ । 'गुन्योचोलो : द ड्रेस' शीर्षकको यो फिल्ममा नाजिर पारलैङ्गिक महिलाको चरित्रमा देखिएका छन् । समुन्द्र भट्ट निर्देशित यो फिल्मको बुकिङ भने खुला गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully