टेलर र ट्रेविसको इन्गेजमेन्टको खबरले सामाजिक सञ्जालमा चर्चा पाएको छ, ट्रम्पले पनि बधाई दिएका छन्।
काठमाडौँ — चर्चित गायिका टेलर स्विफ्टले पार्टनर ट्रेविस केल्सीसँग इन्गेजमेन्ट गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत इन्गेजमेन्ट गरेको खुलाउँदै ट्रेलरले बिहेकै घोषणा गरेकी हुन् ।
'तपाईंहरूको अंग्रेजीको शिक्षक र जिम शिक्षक बिहे गर्दै छन्,'टेलरले इन्स्टामा लेखेकी छन् । इन्स्टाग्रामको उक्त पोस्टसँगै सार्वजनिक गरिएको तस्बिरमा टेलरको बायाँहातमा इन्गेजमेन्टको रिंग देखिन्छ ।
इन्स्टाग्रामको यो पोस्टलाई अहिलेसम्म २६ लाख बढीले लाइक गरिसकेका छन् । ट्रेविस अमेरिकी फुटबल खेलाडी हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यी दुईलाई बधाई दिएका छन्, 'ट्रेविस एक महान खेलाडी हुन् । मलाई लाग्छ, उनी सानदार व्यक्ति पनि हो ।'
