बलिउडका तीन फिल्म, कसले कति कमाए ?

रजनीकान्तसहितका कलाकारको फिल्मले मंगलबार ३.२५ करोड कमाउँदै सोमबारकै हाराहारीको व्यापार गरेको छ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

Three Bollywood films, who earned how much?

काठमाडौँ — बलिउडमा तीन ठूला फिल्महरू अहिले प्रदर्शनरत छन् । ‘कुली’, ‘वार २’ र ‘‘महावतार नरसिंह’ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकको ‘कुली’ले पहिलो दिनमै ६५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

गत मंगलबार पनि ३.२५ करोड रुपैयाँ व्यापार गरेको थियो । जुन सोमबारकै हाराहारीमा थियो ।

हालसम्म १३ दिनमा फिल्मले २६३.८५ करोड रुपैयाँ कमाइसकेको छ । फिल्ममा रजनीकान्तसँगै नागार्जुन अक्किनेनी, सौबिन शाहिर, उपेन्द्र, श्रुति हासन र सत्यराजजस्ता कलाकार छन् ।

ऋतिक रोशन र जुनियर एनटीआर अभिनित फिल्म ‘वार २’ले मंगलबार २.७६ करोड रुपैयाँ कमायो । सोमबार फिल्मले २.१५ करोड रुपैयाँ कमाएको थियो ।

१३ दिनमा फिल्मले जम्मा २२७.२६ करोड रुपैयाँ कमाइसकेको छ । अश्विन कुमारको निर्देशनमा बनेको पौराणिक फिल्म ‘महावतार नरसिंहले मंगलबार १.६५ करोड रुपैयाँ कमायो ।

सोमबार फिल्मले १.३५ करोड रुपैयाँको व्यापार गरेको थियो । हालसम्म फिल्मले २३४.७५ करोड रुपैयाँ कमाइसकेको छ ।

कान्तिपुर

Link copied successfully