गोदावरीमा भएको ग्राण्ड फिनालेमा विजेतालाई एक करोड नगद, २५ लाखको जीवन बिमा र अन्य पुरस्कार प्रदान गरियो।
What you should know
काठमाडौँ — ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ को उपाधि प्रथम गुरुङले जितेका छन् । त्यसैगरी मेरो डान्स युनिभर्स सिजन–२ को उपाधि भने रिस्ता गुरुङले जितेकी छन् ।
शनिबार साँझ गोदावारीमा आयोजित मेरो भ्वाइस र डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुई विजेतालाई जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथै विभिन्न पुरस्कार प्रदान गरिएको छ ।
इन्ट्रा फाउन्डेसनद्वारा आयोजित यो रियालिटी शो पछिल्लो समय चर्चामा पनि छ । विजेतासँगै डान्स युनिभर्सको फस्ट रनरअप अमृता राईले रु २५ लाखसहित सिटिजन्स लाइफबाट २० लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छन् ।
सेकेन्ड रनरअप सीतु महर्जनलाई रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा, थर्ड रनरअप सुरज सिंजाली मगरलाई ६ लाखसहित सिटिजन्स लाइफबाट १० लाख बराबरको जीवन बिमा र फोर्थ रनरअप सुशना कोइरालालाई पाँच लाखसहित सिटिजन्स लाइफबाट १० लाख बराबरको जीवन बिमा प्रदान गरिएको छ ।
फिप्थ रनरअफ साजन पाख्रिन तामाङले चार लाख र सिटिजन्स लाइफबाट १० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन् ।
भ्वाइस युनिभर्सको फस्ट रनरअप तामाङले पनि २५ लाख सहित २० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् । सेकेन्ड रनरअप जुनु प्रसाईँ, थर्ड रनरअप वाङ्गे गुरुङ, फोर्थ रनरअप प्रशान्त पोखरेल र फिप्थ रनरअप दीपराज राईले पनि भ्वाइस युनिभर्सकै रनरअपले पाएका नगद र जीवन बिमा बराबरका पुरस्कार प्राप्त गरेका छन् ।
कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफ्यूजी डान्स ग्रुप विजयी भएको छ । ग्रुपले २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले १५ लाख प्राप्त गरेको छ ।
त्यसैगरी सेकेन्ड रनरअप बनेको युमा महारानी नृत्य समूहले १० लाख प्राप्त गरेको छ । नेपाल प्रहरीले थर्ड रनरअप स्वरुप पाँच लाख प्राप्त गरेको छ । सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुप फोर्थ अनरअप भएको छ । ग्रुपले तीन लाख पुरस्कार प्राप्त गरेको छ ।
