'रिमै'को ट्रेलरमा प्रेम, संघर्ष र संस्कृति

उपेन्द्र सुब्बाको पटकथा, शैलेन्द्रध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको 'रिमै' दर्शकबीच प्रतिक्षित छ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Love, struggle and culture in the trailer of 'Remai'

काठमाडौँ — फिल्म 'रिमै'को ट्रेलर सार्वजनिक भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा तयार फिल्ममा प्रेम, संघर्ष र संस्कृति देखाइएको छ । 

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको प्रस्तुति अनि रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्मित यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय छ ।

यो फिल्म 'कब्बडी' जोडी दया र रिश्माले गर्दा पनि दर्शकबीच प्रतिक्षित छ । 'कब्बडी'मा काजी र मैया चरित्रमार्फत यी दुईको पर्दाको जोडी दर्शकले निकै रुचाएका थिए । 

'रिमै'मा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा छ । शैलेन्द्रध्वज कार्कीले खिचेको यो फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डि गुरुङको सम्पादन छ ।

कान्तिपुर

Link copied successfully