कहिले तयार हुन्छ ‘एसएसएमबी २९’ ?

भारतीय तथा अफ्रिकन लोककथाबाट प्रेरित यस फिल्ममा महेश बाबुले साहसी खोजकर्ताको भूमिका निर्वाह गरेका छन् ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

When will 'SSMB 29' be ready?

काठमाडौँ — महेश बाबु र प्रियंका चोपड़ा हाल आफ्नी आगामी फिल्म ‘एसएसएमबी २९’को काममा व्यस्त छन् । यो फिल्मको निर्देशन एसएस राजामौलीले गरेका छन् ।

फिल्मको आधिकारिक घोषणा आगामी नोभेम्बर २५ मा सार्वजनिक हुनेछ । यो फिल्मको हलिउड कनेक्सनबारे यतिबेला चर्चा भइरहेको छ ।

‘टाइटेनिक’ र ‘अवतार’ जस्ता फिल्म बनाएका निर्देशक जेम्स क्यामरुन फिल्मको प्रोमोसनको लागि भारत जाने समेत चर्चा भइरहेको छ ।

ग्लोबल जंगल एड्भेन्चर फिल्ममा महेश बाबुले साहसिक खोजकर्ताको भूमिका निर्वाह गरेका छन् । यो फिल्म भारतीय तथा अफ्रिकन लोककथाहरूबाट प्रेरित रहेको भनिएको छ ।

‘आरआरआर’पछि राजामौलीको यो सबैभन्दा प्रतिक्षित फिल्म हो । फिल्मको बजेट १ हजार करोड रुपैयाँ रहेको बताइएको छ । फिल्मको अर्को भाग पनि निर्माण गरिने जनाइएको छ  सेप्टेम्बर २०२५ बाट फिल्मको छायाँकन हुनेछ ।

फिल्मको छायांकन साउथ अफ्रिकाबाट सुरु हुनेछ । 

कान्तिपुर

Link copied successfully