अजय देवगनको नयाँ फिल्ममा दक्षिण भारतीय निर्देशकको साथ

अजय दक्षिण भारतीय निर्देशक जेपी तुमिनाडुसँग हरर-कमेडी फिल्मको तयारीमा छन्, जसको निर्माण केभीएन प्रोडक्सनद्वारा हुनेछ ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Ajay Devgn's new film with the South Indian director

काठमाडौँ — अजय देवगनको पछिल्लो फिल्म ‘सन अफ सरदार’ बक्स अफिसमा खासै सफल हुन सकेन । ठूलो बजेटमा निर्माण भए पनि फिल्मले लगानी उठाउन नसक्दा निर्माताहरू निराश बने ।

तर अजय फुर्सदिलाचाहिँ बनेका छैनन् । उनी अजय नयाँ हरर–कमेडी फिल्मको तयारीमा छन् । फिल्मको शीर्षक अहिलेसम्म तय भएको छैन ।

यो फिल्मका लागि अजय दक्षिण भारतीय निर्देशक जेपी तुमिनाडुसँग कुराकानी गरिरहेका छन् ।

जेपी तुमिनाडुले हालै कन्नड ब्लकबस्टर ‘सु फ्रम सो’ निर्देशन गरेका थिए । फिल्मको निर्माण केभीएन प्रोडक्सन ब्यानर अन्तर्गत हुने बताइएको छ ।

अजयले ‘गोलमाल’ जस्ता फ्रेन्चाइजमार्फत् कमेडीमा पकड देखाइसकेका छन् । हरर कमेडी भने अजयको लागि नयाँ अनुभव हुनेछ । अजयले निर्देशकलाई सम्पूर्ण स्क्रिप्टसहित फेरि भेट्नका लागि समय दिएका छन् । अजयले प्रारम्भिक आइडियालाई अजयले स्वीकृति दिइसकेका छन् ।

यो फिल्म कन्नड फिल्म उद्योगको प्रतिष्ठित प्रोडक्सन हाउस केभीएन प्रोडक्सनद्वारा निर्माण हुनेछ ।

कान्तिपुर

Link copied successfully