सनी देओलका दुई फिल्मका चर्चा

सुपर्ण वर्माले लेखेको फिल्ममा सनीको भूमिका, नितांशीको सम्भावित डेब्युले थप चासो बढाएको छ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Discussion of two films of Sunny Deol

काठमाडौँ — सनी देओल हाल दुई ठूला फिल्ममा व्यस्त छन् । ‘लाहौर १९४७’ र ‘बोर्डर २’। ‘बोर्डर २’को काम पूरा भइसकेको छ । यो फिल्म अर्को वर्ष रिलिज हुने निश्चित छ । सनी अर्को नयाँ एक्सन थ्रिलर फिल्ममा पनि देखिने भएका छन् ।

जुन फिल्मलाई निर्देशक सिद्धार्थ पि मल्होत्राले  बनाउने तयारी गरिरहेका छन् । 

यो फिल्मको कथा २००७मा आएको हलिउड थ्रिलर ‘डेथ सेन्टेन्स’बाट प्रभावित रहेको जनाइएको छ ।

फिल्मलाई सुपर्ण वर्माले लेखेका छन् । फिल्म यसै वर्ष फ्लोरमा जानेछ । फिल्ममा ‘लापता लेडिज’बाट डेब्यु गरेकी १८ वर्षीया अभिनेत्री नितांशी गोयललाई लिइने चर्चा पनि चलिरहेको छ ।

हालसम्म निर्माताहरूले आधिकारिक घोषणा गरेका छैनन् । नितांशी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको इन्स्टाग्राममा १०.६ मिलियन फलोअर्स छन् ।

कान्तिपुर

Link copied successfully