'गोबर गणेश'को छायांकन सुरु

'गोबर गणेश' काठमाडौंबाट सुरू भएर पोखरालगायतका स्थानमा छायांकन हुनेछ, ३५ दिनमा सक्ने योजना ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Filming of 'Gobar Ganesh' has started

काठमाडौँ — फिल्म 'गोबर गणेश' बन्ने भएको छ । आज काठमाडौंको एक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । 

यो फिल्मलाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले निर्देशन गर्दैछन् । शुभमुहूर्तमा केदार घिमिरे 'माग्ने बुढा'ले नरिवल फोडे, अनि  रवि गिरीले क्लयाप हाने । निर्माण पक्षका अनुसार फिल्मको छायांकन आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको छयांकन पोखरालगायतका स्थानमा हुने बताइएको  छ । निर्माण टोली फिल्मको छायांकन ३५ दिनमा सक्ने तयारीमा छ । 

फिल्मलाई माघ १ देखि प्रदर्शनमा ल्याउने तयारी छ । निर्देशक श्रेष्ठको यो पहिलो निर्देशकीय फिल्म हो । 'मेरी बास्सै'बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि टेलिचलचित्र निर्देशनमा होमिएका थिए । उनी आबद्ध 'हल्का रमाइलो' र 'जुठे' दर्शकमाझ लोकप्रिय छन् ।

'गोबर गणेश'मा भने अभिनेत्रीमा वर्षा सिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतको अभिनय रहनेछ । 

शिवराम श्रेष्ठले खिच्ने यो फिल्ममा विपीन मल्लको सम्पादन रहनेछ ।

कान्तिपुर

Link copied successfully