तक्मे बुढाको फिल्ममा दया 

निर्देशक विल्सन बिक्रम राईको निर्देशनमा निर्माण भइरहेको यो फिल्ममा दयाको चरित्रबारे अझै खुलासा गरिएको छैन।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Daya in Takme Budha's film

काठमाडौँ — फिल्म 'मैझारो'मा अभिनेता दयाहाङ राई पनि देखिने भएका छन् । फिल्मको छायांकनस्थलबाट सार्वजनिक गरिएको तस्बिरबाट दया फिल्ममा आवद्ध भएको विषय बाहिरिएको छ । सार्वजनिक तस्बिरमा दया लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको दृश्यमा देखिन्छन् । 

निर्माण पक्षका अनुसार यो फिल्म छायांकनको अन्तिम चरणमा छ । दयाको चरित्र फिल्ममा के हो ? भन्ने बारे भने अझै खुलाइएको छैन । निर्देशक विल्सन बिक्रम राई(तक्मे बुढा)को निर्देशनमा बन्ने यो फिल्ममा दया पनि हुन्छन् भन्ने तय थिएन ।

उनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको यो फिल्म प्रेम कथामा आधारित छ । फिल्ममा कलाकारहरु धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुलगायतको अभिनय रहनेछ ।

फिल्मको कथा विल्सनले नै लेखेका हुन् । फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ ।  सौरभ लामाले फिल्मलाई खिच्दैछन् ।

कान्तिपुर

Link copied successfully