दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्ममा हरिवंश, स्वस्तिमा र प्रियंका कार्कीको अभिनय छ ।
काठमाडौँ — हरिवंश आचार्यको प्रमुख अभिनय रहेको फिल्म 'हरिबहादुरको जुत्ता'को गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा 'बेला बितेसी'बोलको गीत सार्वजनिक भएको हो।
प्रकाशकै शब्द तथा संगीतमा तयार गीतको भिडियोमा गायक एवं अभिनेता प्रकाश र अभिनेत्री स्वस्तिमा खड्का देखिन्छन् । मौसम हिमालीको कोरियोग्राफीमा तयार गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।
दिपेन्द्र के खनालको निर्देशन बनेको यो फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको अभिनय छ ।
आगामी दशैंको फूलपाती (असोज १३) बाट यो फिल्म प्रदर्शनमा आउँदैछ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् ।
कृष्णबहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका हुन् ।
