निरुता सिंहले अब नेपाली फिल्ममै निरन्तरता दिने बताइन् ।
काठमाडौँ — '३६ को आँकडा'मा अभिनय गर्न अभिनेत्री निरुता सिंह मुम्बईबाट नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्कालगायतको अभिनय रहनेछ ।
निरुता अब नेपाली फिल्मलाई नै निरन्तरता दिन चाहन्छिन् । यसबीच कोभिडले गर्दा फिल्महरु गर्न पाइनन् । 'अब म कही पनि जाँदिन । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो, त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ,'उनले काठमाडौं आइपुग्ने बित्तिकै भनेकी छन् ।
निर्देशक सविर फिल्ममा विशेष कलाकारको आवश्यकता भएकैले निरुतालाई फिल्ममा अनुबन्धित गरेको बताउँछन् । अभिनेत्री सिंहले फिल्म 'दाल भात तरकारी'पछि नयाँ फिल्म गरेकी छैनन् । '३६ को आँकडा' भने आजबाट छायांकनमा जाँदैछ ।
