अयान मुखर्जी निर्देशित ‘वार २’ले तीन दिनमै १६५ करोड कमाइ गरेको छ । जुनियर एनटीआरका प्रशंसकहरू फिल्मको कमाइलाई लिएर उत्साहित छन्।
काठमाडौँ — ऋतिक रोशनको फिल्म ‘वार २’ फिल्म हलहरूमा प्रदर्शनमा आइसकेको छ । तीन दिनमै यो फिल्मले राम्रो सन्तोषजनक कमाइ गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार ‘वार २’ले तीन दिनमा ४२.३५ करोड कमाइ गरेको छ ।
१५ अगस्टमा मात्रै फिल्मले ५७ करोडभन्दा माथिको व्यापार गरेको थियो । फिल्ममा ऋतिक रोशन र जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।
फिल्मले भारतबाहिर मात्र दुई दिनमा ३४ करोडको व्यापार गरेको थियो । विश्वभरबाट फिल्मको तीन दिनको कमाइ जोड्ने हो भने १६५ करोड पुगेको छ ।
अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्ममार्फत जुनियर एनटीआरले पहिलोपटक बलिउडमा डेब्यु गरेका हुन् ।
यो फिल्म ऋतिक र जुनियर एनटीआएरको दर्शकका लागि बहुप्रतिक्षित थियो । दक्षिण भारतीय सिनेमामा थुप्रै हिट फिल्म दिएका जुनियर एनटीआरका लागि पनि यो फिल्म विशेष थियो ।
बलिउडमा उनको डेब्यू फाप्छ कि फाप्दैन भन्ने चासो दर्शकहरूको थियो । तर फिल्मको सुरुवाती व्यापार राम्रो भएकाले उनका शुभचिन्तक र प्रशंसकहरू उत्साहित छन् ।
