यार्सा फिल्म्सको प्रस्तुतिमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु अभिनीत 'मिरमिरे' माघ १ मा दर्शकमाझ आउँदैछ।
काठमाडौँ — यम शेर्पाको निर्देशनमा फिल्म 'मिरमिरे'को छायांकन सम्पन्न भएको छ । फिल्मको छायांकन ३५ दिनमा सकिएको हो ।
काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा फिल्मको छायांकन भएको हो । 'अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौं,' निर्देशक शेर्पाले भने । 'मिरमिरे' माघ १ मा प्रदर्शनमा आउँदैछ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।
चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । फिल्मको कथा निर्देशक यमले नै लेखेका हुन् ।
