'रिमै'को शीर्षक गीतमा दया र रिश्मा

रीता केसी र अंशु लामाको स्वरमा रहेको गीतको भिडियोमा दयाहाङ राई, रिश्मा गुरुङ, गौमाया गुरुङ र अर्पण थापा देखिएका छन्।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Daya and Rishma in the title song of 'Rimai'

काठमाडौँ — भदौ २० देखि प्रदर्शनमा आउने फिल्म 'रिमै'को शीर्षक गीत सार्वजनिक भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण फिल्मको गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज छ । 

रिता केसी र अंशु लामाको स्वर समावेश गीतको भिडियोमा अभिनेता दयाहाङ राई, रिश्मा गुरुङ, गौमाया गुरुङ र अर्पण थापा देखिएका छन् । 

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा अन्य कलाकारकविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डीबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत र मित्र डी गुरुङको सम्पादन छ । कब्बडी जोडी दया र रिश्माका कारण पनि यो फिल्म अहिले चर्चामा छ । 

कान्तिपुर

Link copied successfully