'माइतीघर'को प्रचार शैली- नृत्य प्रतियोगिता

फिल्म 'माइतीघर'को शीर्ष गीतमा नृत्य प्रतियोगिता आयोजना गरी उत्कृष्टलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Promotion style of 'Maitighar' - dance competition

काठमाडौँ — यो दशैंमा संख्याको हिसाबले थुप्रै फिल्म प्रदर्शनमा छन् । त्यसको अर्थ हो, दशैंमा सो पाउन फिल्मले चर्को प्रतिस्पर्धा गर्नुछ । त्यसमा बाजी कसले मार्ला ? त्यो त समयमै थाहा हुन्छ । तर, अहिले भने दशैंलक्षित फिल्मले अहिलेदेखि नै फिल्मको प्रचार थालेको देखिन्छ । 

सन्तोष सेन 'बलिदान'को पोस्टर सामाजिक सञ्जालमा पोस्ट्यारहन्छन् । हरिबहादुरको जुत्ता पनि के कम ! निर्माण टोली केही समयअघि मात्रै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको थियो ।

फूलपातिदेखि प्रदर्शनमा आउने 'माइतिघर'ले नृत्य प्रतियोगिता नै गर्दैछन् । फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख नगद पुरस्कार घोषणा पनि गरिएको छ । गीत भने भदौको पहिलो साता सार्वजनिक हुनेछ । गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।

प्रतिस्पर्धाको विजेता घोषणा भने असोज १२ मा घोषणा गर्दै पुरस्कार रकम वितरण गर्ने बताइएको छ । मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा कलाकार धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतको अभिनय छ ।

फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।

कान्तिपुर

Link copied successfully