नीता ढुङ्गानाले लेखेको कथा र शिवम् अधिकारीको पटकथामा बन्ने फिल्म असोजदेखि छायांकनमा जाने भएको छ।
काठमाडौँ — फिल्म 'पार्वती'मा अभिनेत्री दीपाश्री निरौलाले पनि अभिनय गर्ने भएकी छन् । मंगलबार निर्माण पक्षले फिल्ममा दीपाश्रीलाई अनुबन्ध गरेको हो ।
अभिनेत्री निता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने यो फिल्म आगामी असोजदेखि छायांकन जानेछ । फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन् ।
कविर लाल र शाहिद लालले खिच्ने यो फिल्मका निर्माता सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना हुन् । 'ह्रस्वदीर्घ'मार्फत निर्माणमा डेब्यू गरेकी नीताले 'पार्वती' र 'सुख–दुःख'बाट निर्देशनमा कदम बढाउँदैछिन् । यी फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले गर्ने निर्माण पक्षले जनाएको छ ।
