सुब्बा र कोइरालाको युगल स्वरमा ‘शिव ताण्डवस्त्रोत्रम्’

नयाँ शैली र बान्कीमा गाइएको यो युगल गीतको संगीत संयोजन वरिष्ठ संगीतकार जुगल डंगोलले गरेका हुन् ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Subba and Koirala's duet 'Shiva Tandavastrotram'

काठमाडौँ — महादेवलाई खुसी पार्न रावणद्वारा रचित भनिएको ‘शिवताण्डव स्त्रोत्रम्’ धेरै ताल र लयमा गाइएका छन् । त्यसमा एउटा नयाँ स्वाद र संगीतको धून थप गरेका छन् गायिका केन्जुमा सुब्बा र गायक नारायणबाबु कोइरालाले जसलाई उनीहरुले युगल आवाजमा गाएका छन् ।

विजोर हरफ गाएर शिव भजनको पहिलो श्लोकमा गायिका सुब्बाले आवाज दिएकी छन् भने हरेक जोर श्लोक कोइरालाले गाएका छन् । नयाँ शैली र बान्कीमा गाइएको यो युगल गीतको संगीत संयोजन वरिष्ठ संगीतकार जुगल डंगोलले गरेका छन् ।

साउन महिनामा अध्यधिक गाइने हुनाले भजनलाई गायकद्वयले म्युजिक भिडियोको छायांकनका साथ बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । नयाँ स्वादको उक्त शिवताण्डवस्त्रोत्र्ममा तबला वादन गरेका छन् तबलावादक कृष्णप्रसाद सापकोटाले । पशुपतिमा हुने सोमबारीय आरती र नृत्यलाई समावेश गरिएको उक्त भिडियोका छायांकन तथा निर्देशन प्रद्युम्न मिश्राले गरेका हुन् ।

त्यस्तै, भिडियोको सम्पादन सोहन मानन्धर तथा नृत्य निर्देशन नरोथम न्यौपानेले गरेका छन् ।

कान्तिपुर

Link copied successfully