'जारी २' मा च्याब्रुङ !

उपेन्द्र सुब्बाको लेखनमा बनेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख अभिनय छ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Chabrung in 'Jari 2'!

काठमाडौँ — २०८० को ब्लकबस्टर फिल्म जारीको सिक्वेल 'जारी २' दर्शकमाझ प्रतिक्षित फिल्म हो। दर्शकले निकै रुचाएको यो फिल्मको सिक्वेल असोज ३ मा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले फिल्मको प्रचार थालेको छ ।

हालै, फिल्मको टिजर पनि सार्वजनिक भयो । 'जारी-२: सङ अफ च्याब्रुङ' नाम दिइएको यो फिल्मको टिजरमा लिम्बू समुदायको पहिचान च्याब्रुङ बाजाको महत्त्वलाई समेटिएको छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ। फिल्ममा यी तीन कलाकारसँगै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ । 

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले २०८० मा १७ करोड माथिको व्यापार गरेको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully