रजनीकान्तको ‘कुली’ले तोड्ला आफ्नै फिल्मको रेकर्ड ?

'कुली'को पहिलो दिनको कमाइले पुराना फिल्महरूको सफलतामाथि नयाँ आयाम थप्ला कि भन्ने कौतूहल दर्शकहरूलाई छ ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

Will Rajinikanth's 'Coolie' break his own film record?

What you should know

काठमाडौँ — दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘कुली’ आगामी १४ अगस्ट मा विश्वभर रिलिज हुँदै छ ।

फिल्मले पहिलो दिनको कमाइ कति गर्ला ? धेरैले विभिन्न अनुमान लगाएका छन् । यसअघि पनि उनका थुप्रै फिल्महरूले पहिलो दिनमा अनपेक्षित कमाइ गरेका थिए ।

सन् २०१८ मा रिलिज भएको एस शंकर निर्देशित फिल्म ‘२.०’ले पहिलो दिनमै ९५ करोड कमाएको थियो । फिल्मको कुल बजेट ५४० करोड थियो ।

उक्त फिल्मले ६७५ करोडको कमाइ गर्‍यो । त्यसपछि सन् २०२३ मा आएको नेल्सन निर्देशित ‘जेलर’ ले पनि ९० करोडको ओपनिङ गरेको थियो ।

फिल्मले १८० करोडमा बनेको फिल्मले ६०५ करोडको व्यापार गरेको थियो ।

सन् २०१६ मा पी. रंजीत निर्देशित फिल्म ‘कबाली’ले पनि पहिलो दिनमा ९० करोड कमाएको थियो । फिल्मको कुल कमाइ २९५ करोड पुगेको थियो ।

सन् २०२४ मा आएको टी. जे. ग्नानावेल निर्देशित ‘वेट्टैयन’ले पहिलो दिनमा ६४ करोड कमाएको थियो । फिल्मले २५५.८ करोडको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा रिलिज भएको ए. आर. मुरुगदासको ‘दरबार’ले ५१ करोडको ओपनिङ गरेको थियो ।

फिल्मले २१९ करोड कमाएको थियो । सन् २०२१मा आएको ‘अन्नात्थे’ले ४७.५ करोडको सुरुआत गरेको थियो ।  फिल्मले १५६ करोड कमाएको थियो । 

अब ‘कुली’को व्यापार चाहिँ कस्तो होला ? आफ्नै अघिल्ला फिल्महरूको रेकर्ड तोड्ला कि नतोड्ला ? त्यो भने प्रतीक्षाकै विषय छ । 

कान्तिपुर

Link copied successfully