पहिलो दिन २१.५ करोड भारु कमाइ गरेको फिल्म 'सैयारा'ले २३ दिनमा कुल ५२३.३३ करोड भारु आम्दानी गरेको छ।
काठमाडौँ — अहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सैयारा’ले अनपेक्षित कमाइ गरिरहेको छ ।
फिल्मले पहिलो दिनमै आफ्नो ओपनिङ २१.५ करोड भारतीय रुपैयाँ कमाएको थियो । फिल्मले दोस्रो दिन २६ करोड कमाएको थियो ।
तेस्रो दिन ३५.७५ गर्दै व्यापारको ग्राफ उकालो लागेको थियो । फिल्मले रिलिजको २३ दिनसम्म कति कमाइ गर्यो त ? धेरै दर्शकलाई चासोको विषय छ ।
फिल्मले एक सातामा १७२.७५ करोड कमाएको थियो । दोस्रो हप्ता १०७.७५ करोडको व्यापार गरेको थियो ।
तेस्रो हप्तामा भने फिल्मको कमाइ घटेर २८.२५ करोड पुगेको थियो । हालसम्म भारतीय बक्स अफिसमा ‘सैयारा’को कुल कमाइ ३१४ करोड पुगेको छ ।
फिल्मको हालसम्मको कुल कमाइ ५२३.३३ करोड भारु पुगेको छ ।
