अयान मुखर्जीको निर्देशनमा बनेको 'वार २' फिल्ममा ऋतिक र जुनियर एनटीआरको अभिनय देख्न पाइनेछ, जुन पाँच हजार स्क्रिनमा रिलिज हुँदैछ।
काठमाडौँ — आगामी १४ अगस्टमा बलिउड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म ‘वार २’ रिलिज हुँदैछ ।
अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्ममार्फत् जुनियर एनटीआर पनि पहिलोपटक बलिउडमा डेब्यु गर्न गर्दैछन् ।
‘वार’ मन पराउने दर्शकहरूका लागि यो फिल्म प्रतिक्षित छ । यो फिल्ममा कतिपय ऋतिकको कामलाई लिएर उत्साहित छन् भने कति दर्शक जुनियर एनटीआएरको बलिउड डेब्युलाई लिएर उत्साहित छन् ।
दक्षिण भारतीय सिनेमामा थुप्रै हिट फिल्म दिएका जुनियर एनटीआरका लागि पनि यो फिल्म विशेष छ ।
टाइम्स अफ इन्डियाका रिपोर्टअनुसार यो फिल्म पाँच हजार स्क्रिनहरूमा रिलिज हुनेछ । विरलै मात्र फिल्मले यति धेरै स्क्रिन पाउँछन् ।
ऋतिकको फिल्म ‘वार’ले भने बक्स अफिसमा ४ सय ७३ करोडभन्दा माथिको व्यापार गरेको थियो । अब ‘वार २’मा ऋतिक र जुनियर एनटीआएरको इन्ट्री र व्यापार कस्तो रहला ? त्यो प्रतीक्षाकै विषय छ ।
