'ताराहरू'को ट्रेलर सार्वजनिक

आशान्त शर्माको निर्देशनमा बनेको फिल्म भदौ ६ देखि हलमा लाग्दैछ ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

Trailer of 'Taararu' released

काठमाडौँ — कलाकार आशान्त शर्माको निर्देशनमा बनेको फिल्म 'ताराहरू'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षका दृश्य समेटिएका छन् । 

ट्रेलरमा निर्देशक आशान्तसँगै अभिनेत्री मेनुका प्रधान र मिरा खड्का देखिएका छन् । यो फिल्ममा अन्य कलाकार आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायतको अभिनय छ । 

यसअघि निर्माण पक्षले फिल्मको 'ऐया नि हो' र 'जाम त भने कुन बाटो जाम त' बोलको गीत सार्वजनिक गरेको छ । भदौ ६ देखि प्रदर्शनमा आउने यो फिल्मले मानसिक स्वास्थ्यसँग सम्बन्धित कथालाई पनि छुन्छ । वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्।

सरद महतोले खिचेको यो फिल्ममा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्स र विपिन स्थापितको साउन्ड डिजाइन छ ।

कान्तिपुर

Link copied successfully