प्रमोदको ब्यान्डमा ६ जना सदस्य छन्, जसले सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा प्रस्तुति दिनेछन्।
काठमाडौँ — गायक प्रमोद खरेल ब्याण्ड 'परम्परा'सहित 'अस्ट्रेलिया टुर'मा निस्कँदैछन् । आगामी भदौ ६ देखि सांगितिक कार्यक्रमका लागि खरेलको टोली 'अस्ट्रेलिया टुर'मा निस्कने भएको हो ।
भदौ ६ देखि २९ सम्म खरेलको ब्यान्ड अष्ट्रेलिका विभिन्न शहरमा गुञ्जनेछन् । प्रमोदका अनुसार अस्ट्रेलियाका सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासललगायतका शहरमा उनको ब्यान्ड पुग्नेछ । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा ब्यान्डका ६ सदस्यले प्रस्तुति दिनेछन् । प्रमोदसँगै ब्याण्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै फ्ल्युटमा सञ्जीव मैनाली, ड्रमममा भुपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल रहनेछन् ।
'अब हामी अर्को साता अस्ट्रेलिया टुरमा जानेछौं । अस्ट्रेलियाका विभिन्न शहरका दर्शकहरुलाई मनोरन्जनका लागि तयारी रहन आगह्र गछौं', प्रमोदले भने । 'ब्याण्ड सहितको यो पहिलो सांगितिक टुर रहेकाले आपू उत्साहित रहेको प्रमोदले जनाए ।
यो मंगलबार नयाँ गीत 'के मा बस्यो दिल' सार्वजनिक गर्दै ब्यान्ड टुरमा जानेछ । आगामी वर्ष 'परम्परा'ले अमेरिका टुर गर्नेछ ।
