'माग्ने राजा'को ट्रेलरमा माग्नेदेखि विल्सनसम्म

सामाजिक सञ्जालमा हिट हुँदै गरेको नयाँ फिल्मको ट्रेलरले माग्ने बुढाको धनी बन्ने प्रयासको कहानीलाई ब्यंग्यात्मक तरिकाले प्रस्तुत गरेको छ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

From Magne to Wilson in 'Magne Raja' trailer

काठमाडौँ — केदार घिमिरे उर्फ माग्ने बुढाको प्रमुख अभिनय रहेको फिल्म 'माग्ने राजा'को ट्रेलर सार्जजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा माग्ने बुढाले धनी बन्ने सपना पूरा गर्न के-के गर्छन् भन्ने विषय देखाइएको छ । ट्रेलरमा उनीसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी देखिन्छन् । 

आगामी भदौ ६ देखि प्रदर्शनमा आउने यो फिल्मले देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिलाई ब्यंग्य गर्छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत छ ।

कान्तिपुर

Link copied successfully