सिटामोलले द्वन्द्वपछिको परिवारको कथा समेट्छ भने मोहरले देउकी प्रथाको आरोह-अवरोहलाई देखाउँछ ।
काठमाडौँ — आजदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शन आएका छन् । राजबहादुर सानेद्वारा निर्देशित 'सिटामोल' र ओम प्रतीकको निर्देशनमा बनेको 'मोहर' प्रदर्शनमा आएका फिल्म हुन् ।
'सिटामोल'लाई प्रदीप भारद्वाज र निर्देशन सानेले मिलेर लेखेका हुन् । फिल्ममा अभिनेता सौगात मल्ल, बेनिशा हमाल र लोकेन्द्र लेखकको अभिनय छ । सामाजिक विधामा आधारित यो फिल्मले द्वन्द्वपछि एउटा परिवारमा घट्ने कथालाई समेट्छ ।
'मोहर'ले भने 'देउकी प्रथा' अभ्यास गर्ने क्रममा हुने आरोह-अवरोहलाई देखाउँछ । फिल्ममा अभिनेत्री बेनिशा हमाल, नीति शाह, पल शाह र जङ्ग शाहीको अभिनय छ ।
