आगामी फिल्मले फर्काउलान् अजय देवगनको स्टारडम ?

६ दिनअघि रिलिज भएको अजय देवगनको ‘सन अफ सरदार २’ले भारतमा केवल ३१ करोडको व्यापार गरेको छ, अन्य फिल्महरू पनि फ्लप भए।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Will Ajay Devgn's stardom return with the upcoming film?

काठमाडौँ — अभिनेता अजय देवगनलाई यो वर्ष खासै फापेन । वर्षको सुरुवातदेखि नै उनका तीन ठूला फिल्म आए ।  कुनै पनि फिल्मले नयाँ आशा जगाउन सकेनन् ।

६ दिनअघि रिलिज भएको ‘सन अफ सरदार २’ले भारतमा अहिले सम्म ३१ करोडको मात्र व्यापार गरेको छ ।

अजयको पछिल्ला फिल्महरू  ‘आजाद’‘नाम’‘औरों में कहाँ दम था’, ‘मैदान’, ‘थ्यांक गड’, रनवे ३४’ व्यावसायिक हिसाबमा फ्लप भए ।

अहिले अजय नयाँ प्रोजेक्टहरूमा व्यस्त छन्। उनका अब पाँच फिल्म लगातार आउँदैछन् । ती फिल्मबाट भने उनले ठूलो आशा राखेका छन् ।

‘दृश्यम ३’ पनि निर्माण घोषणा भइसकेको छ । यो फ्रेन्चाइजीका दुवै भाग सफल भइसकेका छन् ।२ अक्टोबर २०२६ मा फिल्म रिलिज हुने निर्माण टिमले जनाएको छ ।

‘गोलमाल ५’, रेन्जर, धमाल ४ र शैतान २ पनि पाइपलाइनमा भएका प्रोजेक्ट हुन् र यी फिल्महरूले अजयको करिअरलाई नयाँ उचाई देलान् त ? त्यो भने प्रतीक्षाकै विषय बनेको छ । 

कान्तिपुर

Link copied successfully