चर्चित निर्देशक लोकेश कनगराजद्वारा निर्देशित यो फिल्ममा बलिउड र दक्षिण भारतीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति देख्न पाइनेछ।
काठमाडौँ — दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता रजनीकान्त नयाँ फिल्म ‘कुली’ लिएर यसै साल आउँदैछन् । बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्म ठूलो बजेटमा निर्माण भएको छ । यो फिल्मको बजेट भारु ३७५ करोड रहेको बताइएको छ ।
फिल्मको निर्देशन चर्चित निर्देशक लोकेश कनगराजले गरेका छन् । फिल्ममा दक्षिण र बलिउडका प्रख्यात कलाकारहरू पनि देखिनेछन् ।
रजनीकान्तले यो फिल्मका लागि १५० करोड भारु लिएको चर्चा छ । करिब चार दशकदेखि दक्षीण भारतीय सिनेमा क्षेत्रमा काम गरेका राज गर्दै आएका रजनीकान्तको क्रेज अहिले पनि उस्तै छ ।
फिल्ममा नागार्जुन पनि महत्त्वपूर्ण भूमिकामा हुनेछन् । उनले करिब ३० करोड पारिश्रमिक लिएको बताइको छ । फिल्ममा आमिर खान पनि छन् । रिपोर्टअनुसार, उनले रजनीकान्तप्रति आफ्नो सम्मान प्रकट गर्दै कुनै पनि पारिश्रमिक नलिएको चर्चा छ ।
‘कुली’का निर्देशक लोकेश कनगराजले यो फिल्मका लागि ५० देखि ६० करोडसम्म पारिश्रमिक लिएको उल्लेख छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा पूजा हेगड़े देखिनेछिन् । उनले यो फिल्मका लागि २ देखि ३ करोडसम्म पारिश्रमिक लिएकी छन् ।
