नीता र विपनाको सहकार्यमा बन्न लागेको 'ह्रस्वदीर्घ' दसैंको फूलपातीमा दर्शकमाझ आउने तयारी हुँदैछ।
काठमाडौँ — अभिनेत्री नीता ढुङ्गानाले निर्देशन गर्ने 'सुख दुःख'मा अभिनेत्री विपना थापाले पनि अभिनय गर्ने भएकी छन् । हालै निर्माण पक्षले विपनालाई कलाकारका रुपमा अनुबन्धित गरेको हो ।
यसअघि नीता र विपनाले फिल्म 'ह्रस्वदीर्घ'मा सहकार्य गरेका थिए। फिल्मका लागि यसअघि कलाकार मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । फिल्मका लागि अझै कलाकार तय गर्ने क्रम जारी छ । निर्देशक ढुंगानाका अनुसार फिल्मका लागि प्राविधिक पक्ष पनि पक्का गर्ने क्रम चलिरहेको छ ।
आगामी फागुनबाट छायांकनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्ने निर्माण टोलीको दाबी छ ।
'नीता फिल्म्स'को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा ल्याउने तयारी छ ।
