नवीन सुब्बाको अर्को फिल्म 'लाहुरे जुत्ता'

निर्देशक सुब्बासहितको टोलीले काठमाडौंमा फिल्मको कास्टिङ कल सम्पन्न गर्दा ५० युवा कलाकारले अडिसन दिए ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Naveen Subba's next film is 'Lahure Jokka'.

काठमाडौँ — निर्देशक नवीन सुब्बाले नयाँ फिल्म बनाउने भएका छन् । लामो समयदेखि बनाउने चर्चा चलिरहेको फिल्म 'लाहुरे जुत्ता'को अहिले प्रि-प्रोडक्सनको काम सुरु भएको छ । 

बुधबार मात्रै निर्माण कम्पनी मेन्छ्यायेम पिक्चर्सले काठमाडौंमा फिल्मको 'कास्टिङ कल' सम्पन्न गर्‍यो । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मका लागि करिव ५० युवा कलाकारले अडिसन दिएका छन् । अडिसन लिन निर्देशक सुब्बादेखि निर्माण टिमका अन्य पुकारमणि राई, गिलु रातोस्  र निसिम लिम्बू उपस्थित थिए ।  

कलाकार तय हुने बित्तिकै निर्माण टोली कार्तिकतिर छायांकनमा जानेछ । फिल्मको छायांकन पूर्वमा हुने निर्माण पक्षले जानकारी दिए । 'कमिङ अफ एज' विधामा आधारित यो फिल्ममा प्रेम, मित्रता र सामूहिकता देखाइनेछ । सुब्बा 'गाउँ आएको बाटो' लगत्तै यो फिल्मको निर्माणमा जुटेका हुन् ।

टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवदेखि थुप्रै फिल्म महोत्सव पुगेको 'गाउँ आएको बाटो'ले घरेलु बजारमा राम्रो उपस्थिति जनायो । यो फिल्म  बेलायतको बक्स अफिसमा प्रदर्शन हुँदैछ । 

कान्तिपुर

Link copied successfully