सलमानबिना 'नो एन्ट्री'को सिक्वेल निर्माण हुँदै

'नो एन्ट्री'को सिक्वेल 'नो एन्ट्री में एन्ट्री' नयाँ टिमसँग निर्माण हुँदैछ, जसको सुटिङ ग्रिस, इटली र भारतमा हुनेछ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

The sequel of 'No Entry' is being made without Salman

काठमाडौँ — बलिउड फिल्म जगत्‌मा व्यावसायिक रुपमा सफल फिल्महरूको ‘सिक्वेल’ दर्शकहरूका लागि पनि प्रतीक्षाको विषय हुन्छ ।

अहिले केही स्टारका फिल्महरू नयाँ कथा र ‘सिक्वेल’का साथ निर्माण हुने चरणमा छन् ।

सलमान खानको सन् २००५ मा रिलिज भएको फिल्म ‘नो एन्ट्री’को सिक्वेल बन्ने तयारी भइरहेको छ । तर फिल्ममा सलमान भने रहने छैनन् । यो फिल्मको काम नयाँ टिमसँग भइरहेको छ । ‘नो एन्ट्री’को सिक्वेलको नाम नो एन्ट्री में एन्ट्री’ राखिनेछ ।

फिल्मको सुटिङ ग्रिस, इटली र भारतमा हुनेछ । यो फिल्मको कथा पहिलेको फिल्मभन्दा निकै फरक हुनेछ ।

कथा तीन व्यक्तिहरूको विवाह र एक्स्ट्रा म्यारिटल अफेयर वरिपरी घुम्नेछ । यो फिल्मका लागि तमन्ना भाटियालाई पनि फाइनल गरिएको छ ।

कान्तिपुर

Link copied successfully