फिल्मले १८ दिनमा विश्वभर ५०० करोड कमाइ पार गर्दै भारतीय सिनेमामा नयाँ रेकर्ड बनाएको छ। विदेशी बजारमा मात्र १२९.२९ करोड कमाएको छ।
काठमाडौँ — मोहित सूरीको निर्देशनमा बनेको भारतीय फिल्म ‘सैयारा’ले १९ दिनमा कुल ३०४.०६ करोड कमाइ गरेको छ । यो अहान पाण्डे र अनीत पड्डाको डेब्यू फिल्म हो ।
डेब्यू स्टारको फिल्मले यति धेरै कमाएर भारतीय सिनेमामा नयाँ रेकर्ड समेत राखेको छ । भारतबाहेक संसारभरि पनि ‘सैयारा’ले अनपेक्षित कमाइ गरेको छ ।
फिल्मले १८ दिनमा विश्वव्यापी ५०० करोडको कमाइ पार गरिसकेको छ । विदेशी बजारमा मात्र १२९.२९ करोड कमाइ गरेको छ ।
भारतमा २१ करोडबाट सुरु भ फिल्मले पहिलो हप्तामा १७२.७५ करोड कमाइ गर्यो ।
दोस्रो हप्तामा पनि फिल्मले १०० करोडभन्दा बढी कमाइ गर्यो । तेस्रो हप्तामा चार दिनमै फिल्मले ‘सुल्तान’को रेकर्ड तोडेर कुल ३०१ करोड कमाइ गरेको थियो ।
