'रातो पछ्यौरी'मा सौगात र बेनिशा

बाबुल गिरीले लेखेको गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको छ, जहाँ सौगात मल्ल र बेनिशा हमालको अभिनय देख्न पाइन्छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Saugat and Benisha in 'Rato Pachauri'

काठमाडौँ — साउन २३ देखि प्रदर्शनमा आउने फिल्म 'सिटामोल'को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मको 'रातो पछ्यौरी'बोलको गीत सार्वजनिक गरेको हो ।

अञ्जना खतिवडा र रवि ओडको स्वर समावेश गीतमा बाबुल गिरीको शब्द, संगीत तथा एरेञ्ज छ । गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल देखिन्छन् ।

राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराईलगायतको अभिनय छ । 

तुल्सी देवी फिल्मले जुनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको यो फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले मिलेर लेखेका हुन् ।

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंगसंयोजन, मुकेश शाहको साउन्ड, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । 

कान्तिपुर

Link copied successfully