'जलाकी' बन्दै, पर्दामा 'खुस्मा' जोडी

त्रिकोणात्मक प्रेम कथामा धिरज, उपासना र सोनम तोप्देनको भूमिकामा दर्शकले नयाँ रोमाञ्चक कहानी अनुभव गर्नेछन् ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

'Jalaki' becomes 'Khusma' couple on screen

काठमाडौँ — नयाँ फिल्म 'जलाकी' बन्ने भएको छ । 'खुस्मा' निर्देशक अशोक थापामगरले फिल्म निर्माण गर्दैछन् । गत चैतमा केही दिन छायांकन भइसकेको 'जलाकी' असोज २१ बाट फेरि छायांकनमा जाने तयारी छ ।

फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय रहनेछ ।यसअघि 'खुस्मा'मा धिरज र उपासनाको जोडी देखाइएको थियो । यो फिल्ममा भने सोनम तोप्देनको पनि प्रमुख भूमिका रहनेछ । 

निर्माण पक्षले हालै धिरज र उपासना चित्रित पोस्टर सार्वजनिक गरेको छ । यही फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा अन्य कलाकारहरु शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगरलगायतको अभिनय छ । यो फिल्मको छायांकन तेस्रो चरणमा सकिने बताइएको छ । 

फिल्मको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भू-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्मलाई शैलेन्द्र डी कार्कीले खिच्नेछन् । फिल्ममा एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

कान्तिपुर

Link copied successfully