अनेकले ल्याए ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ’

हरिप्रसाद भुसालको शब्द रहेको यो गीतमा लय र सङ्गीत गोविन्द अनेककै रहेको छ ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Many people brought 'O Baba, teach me nursing'.

काठमाडौँ — गायिका रचना रिमालको स्वरमा नयाँ तीज गीत ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ’ सार्वजनिक भएको छ ।

गोविन्द अनेकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा छोरीले विदेशमा गएर आर्थिक रूपमा सम्पन्न हुने सपना देख्दै नर्सिङ पढ्न बुबासँग अनुरोध गरिरहेको कथावस्तु प्रस्तुत गरिएको छ ।

हरिप्रसाद भुसालको शब्द रहेको यो गीतमा लय र सङ्गीत गोविन्द अनेककै रहेको छ । भिडियोमा मुख्य कलाकारका रूपमा संजना गुरुङले अभिनय गरेकी छन् । 

गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने निर्देशन र कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

तीजको मौलिक भावनासँगै शिक्षा र विदेशमा अवसरको चाहना जोडिएको यस गीतले समसामयिक सामाजिक यथार्थ झल्काउने कोशिस गरेको अनेकले बताएका छन् । अनेकको यसअघि ‘बरिलै बरिलै’, ‘माया’ बोलको तीज गीतसहित ‘छुट्यो साथ’, ‘जाली माया’, ‘तीन खोली’ बोलको गीत बजारमा छन् ।

कान्तिपुर

Link copied successfully