रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा रामशरण पाठकको रहेको छ।
काठमाडौँ — फिल्म 'माइतीघर' असोज १३ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी दशैंको फूलपातीमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई मिलन तामाङले निर्देशन गरेका हुन् । फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ ।
फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।
फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतको अभिनय छ । फिल्ममा तामाङ संस्कृतिको कथा समावेश छ ।
