फूलपातीमा 'हरिबहादुरको जुत्ता'

हरिवंश, स्वस्तिमा, र प्रियंका अभिनित 'सितारा' फिल्म असोज १३ मा फूलपातीमा प्रदर्शन हुनेछ, जसलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

'Hari Bahadur's Shoes' in Phoolpati

काठमाडौँ — हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म 'हरिबहादुरको जुत्ता'को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा हरिवंशको निकै रुचाइएको पात्र हरिबहादुर हातमा ट्याङ्का बोकेर उभिएका देखिन्छन् । उक्त पात्रले पछाडि ब्याग भिरेको छ भने त्यहीँ तुरुङ्ग झुन्डिएको छ एक जोर जुत्ता ! 

निर्माण पक्षले यही पोस्टरमार्फत फिल्मलाई आगामी फूलपाति (असोज १३) मा प्रदर्शन गर्ने तय गरेको हो । यो फिल्ममा हरिवंश आचार्यसहित अभिनेत्री स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतको अभिनय छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्णबहादुर थापाले खिचेको फिल्ममा नकुल खड्काको सम्पादन,  वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ ।

कान्तिपुर संवाददाता

Link copied successfully