'झरीपछिको इन्द्रेणी'को छायांकन सुरु, गणेश उप्रेतीले 'कमब्याक' गर्दै

काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन हुने यो फिल्ममा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी रहनेछ ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Filming of 'Jhari Nahoko Indreni' begins, Ganesh Upreti makes a 'comeback'

काठमाडौँ — 'भद्रगोल'बाट चर्चा कमाएका अर्जुन घिमिरे (पाँडे)ले 'झरीपछिको इन्द्रेणी' शीर्षकमा फिल्म बनाउने भएका छन् । हालै निर्माण पक्षले फिल्मको शभमुहूर्त गर्दै फिल्मको छायांकन थालेको हो । 

फिल्मको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ । केही समयअघि पाँडेको समूह जेपीटी क्रियसनले निर्माणमा 'लाज शरणम्' प्रदर्शनमा आएको थियो । फिल्ममा उनी आफै प्रमुख भूमिकामा देखिउका थिए । यो फिल्मको व्यावसायिक सफलताले नै उनलाई निर्देशनमा डोर्‍याएको हो । 

'झरीपछिको इन्द्रेणी'मा टेलिसिरियल 'सक्किगोनि'बाट प्रियाना आचार्य (मुन्नी)लाई कलाकारका रूपमा अनुबन्धित भएका छन् । यही फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले कमब्याक गर्दैछन् । यो फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ । 

पारिवारिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहनेछ । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी रहनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully