कलाकार सञ्चिता लुइटेल र सुशील सिटौलासमेतको अभिनय समेटिएको यो फिल्मले पारलैङ्गिक पात्रको कथा बोकेको छ।
काठमाडौँ — फिल्म 'गुन्योचोलो : द ड्रेस'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता नाजिर हुसेनको चरित्रले कसरी आफ्नो यौनिक पहिचानका लागि संघर्ष गर्छ भन्ने देखाइएको छ ।
ट्रेलरमा नाजिरसँगै कलाकार सञ्चिता लुइटेल र सुशिल सिटौला देखिएका छन् । भदौ १३ देखि प्रदर्शनमा आउने यो फिल्ममा पारलैङ्गिक(ट्रान्सवुमन) पात्रको कथा समावेश छ ।
यो फिल्म अभिनेता नाजिरको नौलो अवतारकै कारण लामो समयदेखि चर्चामा छ । फिल्ममा अन्य कलाकारहरु राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको छ ।
आलोक शुक्लाले खिचेको यो फिल्म केही फिल्म महोत्सवमासमेत सहभागि भइसकेको छ । यसअघि निर्माण पक्षले फिल्ममा समावेश गीत सार्वनजनिक गरेको थियो, जसमा नाजिर पारलैंगिक पात्रको भूमिकामा देखिएका छन् ।
