'रेलको बाटो' शीर्षकमा फिल्म बन्ने

फिल्मको पोस्टरमा एक पुरुषले महिलालाई डोकोमा बोकेको दृश्य देखाइएको छ ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

A film titled 'Rail Ko Bato' will be made

काठमाडौँ — लक्ष्मण सुनारको निर्देशनमा फिल्म 'रेलको बाटो' बन्ने भएको छ । चर्चित म्युजिक भिडियो 'रेलको बाटो'को शीर्षकमाथि बन्ने फिल्ममा कर्णालीको सामाजिक राजनैतिक र भौतिक अवस्था समेट्ने जनाइएको छ । 

कस्तुरी प्रोडक्सनको निर्माणमा,  रेड अम्ब्रेला इन्टरटेन्मेन्टसँगको सहकार्यमा बन्ने यो फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै भएको हो । पोस्टरमा एक पुरुषले डोकोमा महिलालाई बोकेको चित्र अंकित छ भने, पृष्ठभूमिमा गाउँ पालिका भवन र उद्घाटनका लागि प्रधानमन्त्रीलाई स्वागत गरिएको प्रसंग उल्लेख गरिएको छ । यो फिल्ममा सुरज पण्डितको संगीत र  निसाल पौडेलको छायांकन रहनेछ । 

निर्देशक सुनार फिल्मले सामान्य नागरिकको संघर्ष, पति पत्नीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई फिल्मको केन्द्रमा राख्नेछ । यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा फिल्मको छायांकन गरिने बताइएको छ । फिल्मलाई २०८३ भित्रमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully