साउन १५ देखि २४ सम्म अस्कर कलेजमा माओवादी द्वन्द्वकालको कथामा आधारित नाटक मञ्चन हुने भएको छ ।
काठमाडौँ — अस्कर कलेजको साधना घरमा नयाँ नाटक 'दोरुम्बा' मञ्चन हुने भएको छ ।
दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै आएको अस्कर कलेजको 'साधना घर' प्रेक्षालयमा बिहीबार साउन १५ देखि उक्त नाटक मञ्चन हुने भएको हो । माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षबीच पिल्सिएका जनताको कथा नाटकमा समेटिएको छ ।
यो नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन् । कलेजका अभिनयका विद्यार्थीको संलग्नता रहने यो नाटकलाई युदिप सिटौलाले निर्देशन गर्दैछन् । साउन १५ देखि २४ सम्म यो नाटक मञ्चन हुनेछ ।
साधना-घरमा यसअघि आधा दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन् ।
